सलमान खान जब गर्लफ्रेन्डको बेडरुममा लुक्न गए

मुम्बई । सलमान खानको जति फिल्मको चर्चा हुन्छ । उति नै धेरै उनको प्रेम जीवनको पनि चर्चा हुने गर्छ । संगीता बिजलानी, सोमी अली, ऐश्वर्या राय बच्चन, कैटरिना कैफ, युलिया वन्तुर जस्ता कैयन् स्टारसँग उनको नाम जोडिएर आउने गर्छ ।

अहिले पनि सलमानको ऐश्वर्यालाई छोडेर अरु गर्लफ्रेन्डसँग राम्रो सम्बन्ध छ । उनले आफूले गर्ने पार्टीमा पनि ती नाम जोडिने गर्लफ्रेन्डलाई बोलाउने गर्छन् ।

दस का दम नामक टिभी शोमा सलमान खानले एक रमाइलो किस्सा सुनाए । उनले सुनाए – गर्लफ्रेन्डलाई भेट्न उनी घर गएका थिए । यी दुईका बीच घरमा अरु कोही थिएन ।

अचानक युवतीका घरका आफन्त घरमा आए । सलमान खान डराए । लुक्नका लागि उनी यताउता गर्न थाले । बेडरुममा भएको आलमारीमा उनी लुक्न गए । त्यति बेला उनी उक्त आलमारीमा लुकेर बसे ।

सलमानले कहिलेकाहीँ यस्ता किस्सा सुनाउने गर्छन् । भलै अहिले भने उनको नाम एक नायिकासँग जोडिएर आउने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?