१८ औँ ‘एशियाड’: पौडीका तीनै खेलाडी हिट चरणबाटै बाहिरिए

जाकार्ता । इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत पौडीका तीन नेपाली खेलाडी हिट चरणबाटै बाहिरिएका छन् । 

जिबिके एक्वाइटिक सेन्टरमा शुक्रवार भएको महिला ५० मिटर फ्रिस्टाइलमा ओलम्पियन गौरिका सिंह र टिशा शाक्यले हिट चरण पनि पार गर्न सकेनन् ।  

हिट चरणको खेलमा गौरिका सातौँ तथा टिशा आठौँ स्थानमा रहेका थिए । गौरिकाले ५० मिटर फ्रिस्टाइल २८.५० तथा टिशाले २९.६१ सेकेण्डमा दुरी पूरा गरेका थिए । 

समग्रमा ३२ खेलाडीले प्रतिस्पर्धा गरेको यस स्पर्धामा गौरिका २१औँ र टिशा २३ औँ स्थानमा रहे।

त्यस्तै, शुक्रवार नै भएको पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा शुभम श्रेष्ठ पनि हिट चरणबाटै बाहिरिएका छन्। श्रेष्ठ ८ खेलाडीमध्ये सातौँ भएका थिए। समग्रमा ३८ खेलाडीमध्ये शुभम ३२ औँ स्थानमा रहे। उनले ५० मिटर ब्रेस्टस्ट्रोक ३२.४५ सेकेण्डमा पूरा गर्न सफल भए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?