देशभर मनसुन सक्रिय

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर मनसुन सक्रिय भएकोले केही स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ । 

अहिले देशभर मौसम बदली भएको र केही स्थानमा वर्षा भइरहेको मौसमविद्को अनुमान छ । 

महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार मनसुनी न्यूनचापीय रेखा नेपाल माथि रहेकाले अबको तीन दिन अत्यधिक वर्षा हुने सम्भावना छ । 

यसैबीच महाकाली, कर्णाली र कन्काईमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्र तथा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, सर्लाही, रौतहटलगायत तराईका चुरे र पहाडबाट बहने नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?