आकाशको छेउ आइन् पूजा, ‘रामकहानी’ गीत रिलिज (भिडियो)

काठमाडौं । चलचित्र ‘रामकहानी’ को गीत रिलिज गरिएको छ । सुदर्शन थापा निर्देशित फिल्मको ‘आएँ म तिम्रो छेउ’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

चलचित्रमा सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ भने अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । यस्तै गीतलाई महराज थापाले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा फिल्ममा मुख्य कलाकार पूजा शर्मा र आकाश श्रेष्ठलाई प्रस्तुत गरिएको छ । चलचित्रमा कथा लेखन निर्देशक थापाकै रहेको छ भने पूजा शर्मा र सुदर्शन थापाले मिलेर यो फिल्म निर्माण गरेका हुन् ।

कमेडी लभस्टोरी यो फिल्ममा पूजा र आकाशका अतिरिक्त केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, शिशिर राना, विशाल पहारी, सुनिता श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

चलचत्रिलाई वनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् भने सौरभ लामाले खिचेका हुन् ।

चलचित्र यही भदौ २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?