लोकपथ टप फिप्टिन : आलेविरुद्ध उजुरीदेखि काठमाडौंको नीति तथा कार्यक्रमसम्म (भिडियाेसहित)

लोकपथ
156
Shares

१  अमेरिका भ्रमण र अमेरिकी स्टेट पार्टनरशिप प्रोगाम (एपसीसी) बारे उठेको प्रश्नको जवाफ दिनबाट भागेको भाग्यै प्रधानमन्त्री देउवा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएर बैठकको अवमूल्यन गरेको भन्दै आपत्ति।

२  अमेरिका भ्रमण औपचारिक रूपमा तय भएपछि संसद्लाई जानकारी गराउने प्रधानमन्त्री देउवाको भनाइ, भ्रमणका सम्बन्धमा प्रारम्भिक छलफल भए पनि अन्तिम टुङ्गो लागि नसकेको प्रतिक्रिया।

३  काठमाडौं महानगरपालिकाले हरेक आइतबार ‘जनतासँग मेयर’ कार्यक्रम सञ्चालन गर्ने, करदाताको स्वास्थ्य बीमा गर्न ५० प्रतिशत अनुदान दिनेदेखि स्रोतमै फोहोर वर्गीकरण गर्नेसम्मको योजना सार्वजनिक।

४  पूर्व माओवादीहरुको नयाँ एकता प्रक्रिया हुने दिन नजिकिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, अब पुनः विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिने दाबी।

५  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई व्यक्तिगत रिसले महाभियोग लगाएको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको आरोप, महाअभियोग समितिलाई काम गर्न नदिएकोप्रति आपत्ति।

६  पर्यटनमन्त्री प्रेम आलेविरुद्ध संसदीय समितिमा उजुरी, प्रतिनिधिसभा सदस्यको आचारसंहिता विपरित गतिविधि गरेको भन्दै कारबाही गर्न माग।

७  बिहे गर्ने उमेर घटाउने कानुनमन्त्री गोविन्दप्रसाद कोइरालाको प्रस्तावमा सांसदहरुको असहमति, अपराधलाई कानुनी मान्यता दिनेतर्फ सरकार अग्रसर रहेको आरोप।

८  जापानमा बसेको व्यक्तिको नक्कली मृत्युदर्ता बनाएर ११ आना जग्गा बिक्री, घटनामा संलग्नको आरोपमा ५ जना पक्राउ, २४ वर्षपछि नेपाल फर्किएका जग्गाधनीले आफ्नो किर्तिपुर स्थित जग्गा बेचिएको थाहा पाएपछि खुलेको थियो पोल।

९  रुपन्देहीको मर्चवारी गाउँपालिका उपाध्यक्षले देवर नाता पर्ने व्यक्तिको निधनमा गाउँपालिकामा दिए सार्वजनिक बिदा, गाँउपालिकाका सम्पूर्ण कार्यालय, विद्यालय र संघसंस्था बन्द, गाउँपालिकाका सबै कर्मचारी मलामी जानुपर्ने भएकाले विदा दिइएको अध्यक्षको भनाइ।

१०  पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि, १२ जना संक्रमणमुक्त, सक्रिय संक्रमितको संख्या १०८ जना।

११  सेयर बजार निरन्तर ओरालो यात्रामा, नेप्से परिसूचक ३७ अंकले घटेर १९३४ बिन्दुमा ओर्लियो, १७९ कम्पनीको सेयर मूल्यमा गिरावट।

१२  द्वन्द्व, हिंसा र अन्य संकटका कारण सन् २०२१ को अन्त्यसम्ममा ३ करोड ६० लाखभन्दा बढी बालबालिका विस्थापित, दोस्रो विश्वयुद्धपछिकै धेरै बालबालिका विस्तापित भएको युनिसेफको तथ्यांक, शरणार्थी बालबालिकामध्ये आधा मात्र प्राथमिक विद्यालयहरूमा भर्ना।

१३  भारतको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा चरा ठोक्किएपछि आगलागी, आगो लागेपछि विमानलाई पटना विमानस्थलमा नै आकस्मिक अवतरण, सबै यात्रु सकुशल।

१४  अखिल नेपाल फुटबल संघ(एन्फा) को नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुँदै, अध्यक्षका पदका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ समूह विच मुख्य रुपमा प्रतिस्पर्धा हुने।

१५   मदन भण्डारी स्पोटर्स एकेडेमीले राष्ट्रव्यापी खेलकुद आयोजना गर्ने, विभिन्न ७ खेललाई समेट्दै संघीय राजधानीदेखि मधेश प्रदेशसम्म सञ्चालन गरिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?