स्थानीयबाटै कुटिए जनकपुरका उपमेयर

लोकपथ
1.2k
Shares

धनुषा । जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहमाथि जुत्ता प्रहार र हातपात भएकाे छ ।  ज्ञापनपत्र बुझाउन अ‍ाएका स्थानीयले नै उपमेयरलाई कुटेका हुन् ।

जनकपुरधामकाे वडा नम्बर २३ मा अतिक्रमण गरिएको जग्गा खाली गराउन उपमेयर साहले चासो नदेखाएको भन्दै  स्थानीयले उपमेयर साहमाथि जुत्ता प्रहार र हातपात गरेका हुन् ।

स्थानीयले उपमेयरलाई  घुस लिएकाेसमेत आरोप लगाएका छन् । वडा नम्बर २३ मा भगवान कुटीलाई दिएको जग्गा पछिल्लो समय माफियाहरूकाे कब्जामा रहेकाे  स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?