कास्त्रोको क्युबा जहाँ साम्यवादी किल्ला भत्किरहेछ

एजेन्सी: विश्वकै सबैभन्दा ठूलो पुँजीवादी अर्थव्यवस्था संयुक्त राज्य अमेरिकाको दक्षिण पूर्व सीमाबाट ३६६ किलोमिटरको दूरीमा अवस्थित कास्त्रो दाजुभाईले स्थापना गरेको सानो तथा बलियो

सामम्यवादी किल्ला अब भत्किरहेको देखिएको छ ।

अमेरिकाले उग्ररूपमा  भत्काउन चाहेका बेला नभत्किएको किल्ला संस्थापक फिडेल कास्त्रोको निधन र भाई राहुल कास्त्रो सक्रिय राजनीतिबाट हटेयता त्यहाँ हुन थालेका सुधारहरूले त्यहाँको

साम्यवादी किल्ला भत्किन थालेको संकेत गरेको देखिएको छ ।

१ करोड १४ लाख जनसंख्या भएको यो टापूहरूको देश क्युबालाई यहाँका मुक्केबाज, सिगार , सेतो रम, सुन्दर समुद्री किनारा र संगीतका लागि पनि चिनिन्छ ।

५९ वर्ष अघि कास्त्रो दाजुभाईले छापामार क्रान्तिकारी चे ग्वेराको सहयोगले अमेरिकी समर्थित फुलगेसियो बाटिस्टाको सत्तालाई समाप्त गरी कम्युनिस्ट सत्ता स्थापना गर्न सफलता पाएका थिए ।

अमेरिकी प्रतिबन्धका बाबजुत क्युबाको कम्युनिस्ट सत्ता विद्यमान छ । उसका सहयोगी सोभियत संघको विघटन पछि क्युबाको कम्युनिस्ट सत्ता समाप्त हुने अनुमान पनि गलत साबित भयो ।

सन् २०१६मा दिवंगत हुन अघि संस्थापक फिडेड कास्त्रोले क्युबालाई साम्यावादी सत्ताका लागि चिनिने बताएका थिए ।

तर दुई साल नबित्दै उनको यो दाबीमाथि प्रश्नवाचक चिन्ह थपिएको देखिएको छ । क्युबाको संसदले त्यहाँ सम्पत्तिमा नीजी स्वामित्वको अधिकार दिने गरी कानुन बनाउन लागेको हो ।

यसको अर्थ यो वा त्यो घर व्यक्तिको हो र व्यक्तिले यसबाट नाफा कमाउन सक्ने गरी यो कानुन बनाउन लागिएको देखिएको छ ।

जेएनयुमा युएस एन्ड ल्याटिन स्टडिजका प्रोफेसर अब्दुल नाफेले यसबाट साना उद्योगहरूलाई क्युबामा बढावा मिल्ने बताए ।

तर यो परिवर्तन अचानक भएको देखिदैन् । २०११मा राउल कास्त्रो क्युबाका राष्ट्रपति रहेका बेला व्यापारमा केही सिमित अधिकार दिइएको थियो ।

तर त्यतिखेर यसलाई कानुनी अधिकार प्राप्त थिएन् । व्यापार गर्ने अधिकार थियो तर त्यसको मुनाफा नीजी सम्पत्तिको रूपमा परिभाषित गरिएको थिएन् ।

क्युबामा स्वरोजगार चलाउनेहरूको संख्या ८ लाख जति छ । यो संख्या धेरै नभएपनि महत्वपूर्ण छ ।यसले नीजी क्षेत्रको महत्तालाई स्थापित गराउँछ ।

नीजी क्षेत्रको विकास यसैबाट हुनेछ ।

सन् १९५९ देखि २०११सम्म फिडेल कास्त्रो सत्तामा रहेका थिए । त्यसपछि भाई राउल सत्तामा आए ।

८७ वर्षीय राउले चार महिना अघि त्यो पद ५७ वर्षीय मिगेल डियाजलाई सत्ता सुम्पेका हुन् । डिजाय क्रान्तिपछि जन्मेका पुस्ताका हुन् ।

सोभियत संघ विघटन भएपछि क्युबाले स्वरोजगारका सीमालाई बढाएको थियो ।तर पनि बजारमा कालो धनको विकासलाई क्युबाले रोक्न सकेन् ।

कमजोर आर्थिक अवस्थालाई जोगाउन गरिएको आर्थिक सुधारले कालो बजार पैदा हुन पुग्यो ।

यहाँ कालो बजार छ जहाँ रक्सी देखि सम्पत्ति बिक्री गरिन्छ । नयाँ प्रस्ताव संसदबाट पारित भएपछि यहाँको कारोबारलाई मान्यता मिल्नेछ ।

यसबाट यहाँको मध्यमवर्गलाई सहुलियत प्राप्त हुनेछ । उनीहरूले आफ्नो सम्पत्ति बिक्री गरी अन्यत्र लगानी लगाउन सक्नेछन् ।

प्रोफेसर पुष्पेश पन्तका अनुसार साम्यवादी प्रणालीबाट विचलनको अनौपचारिक शुरूवात धेरै अघि भएको थियो ।

क्युबाको साम्यवाद स्वावलम्बी साम्यवाद थिएन् ।

केहीले जनाए अनुसार क्युबाले चीनको आर्थिक मोडललाई अंगीकार गर्न खोजेको देखिन्छ ।

तर अब्दुल नाफेका अनुसार व्यक्तिलाई केही अधिकार दिइएपनि क्युबा लोकतान्त्रिक मुक्त बजार अर्थव्यवस्था तर्फ गयो भन्न सकिँदैन् ।

क्युबाको संविधानमा तीन पटक संशोधन भइसकेको छ । क्युबा समाजवादी बाटोमा हिँडनेछ ।

क्युबाले प्राप्त गरेको उपलब्धिमा १०० प्रतिशत साक्षरता दर हो । स्वास्थ्यको मोडल क्युबाको जस्तो अन्य कुनै ल्याटिन अमेरिकी देशमा छैन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?