११ चैत्र २०७९, शनिवार

प्रगतिशील शक्तिलाई सहयोग गर्छौँः वैद्य

२०७४,आश्विन,२९,आईतवार १०:१६

9
Shares

काठमाडाैँ, २९ असोज ।नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रगतिशील गणतान्त्रिक पक्षधरका उम्मेदवारलाई सहयोग गरिने बताएका छन ।पार्टीको यही असोज २२ देखि २६ गतेसम्म सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरु निर्वाचनमा सहभागी नभए पनि साम्राज्यवादविरुद्ध लडेका प्रगतिशील शक्तिलाई सहयोग गरिने स्पष्ट गरेनेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) बीच हुने एकतालाई दक्षिणपन्थीबीचको एकता भएको टिप्पणी गर्दै उनले नेकपा र राष्ट्रिय जनमोर्चासँग पार्टी एकता गर्नेबारेमा छलफल भइरहेको जानकारी दिए । ‘‘उहाँहरु र हामीबीच कैयाैँ कुरा मिल्दैनन् । तैपनि सच्चा कम्युनिष्ट पार्टीबीच एकीकरण गराैँ भन्ने हो’’ उनले भने, ‘‘पार्टी एकता गर्ने प्रयास जारी नै रहेको छ ।’’सम्मेलनले पार्टीको विधान परिमार्जन गर्दै महासचिव पद्धति अपनाउनाका साथै ९५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको सो पार्टीका नेता हरिभक्त कँडेलले जानकारी दिए । 

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार १०:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताएका छन्

काठमाडौं । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले लामो सङ्घर्षपछि राज्य व्यवस्था फेरिए पनि राजनीतिक र प्रशासनिक नेतृत्वमा पुरानै प्रवृत्ति हाबी

काठमाडाैं । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ । कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक शुरु भएको हो ।

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११