काठमाडौंका मेयरले प्रत्येक महिनाको पहिलो आइतबार जनतासँग सम्वाद गर्ने

लोकपथ
494
Shares

काठमाडौं । काठमाडौं महानगरले हरेक महिनाको पहिलो आइतबार जनतासँग मेयर कार्यक्रम संचालन गरी सम्वादलाई अघि बढाउने भएको छ ।
महानगरले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम मार्फत सो कार्यक्रम ल्याउन लागेको हो ।

नीति तथा कार्यक्रम वाचन गर्दै मेयर बालेन्द्र शाह (बालेन) ले सो कुरा बताएका हुन् ।

मेयर शाहले भने, ‘हरेक महिनाको पहिलो आइतबार जनतासँग मेयर कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष सम्वाद गर्ने कार्यक्रमको व्यवस्था मिलाइनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?