आफू विरूद्ध महाभियोग लगाइए अर्थतन्त्र धराशायी हुने ट्रम्पको चेतावनी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विरूद्ध महाभियोग लगाइए अर्थव्यवस्थालाई गम्भीर धक्का लाग्ने चेतावनी दिएका छन् ।

आफू विरूद्ध महाभियोग लगाउने विषयको चर्चा बारेमा उनले यस्तो चेतावनी दिएका हुन् । 

फक्स एन्ड फ्रेन्डसलाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले भने “ महाभियोग लगाइए बजार ढल्ने र हरेक व्यक्ति धेरै गरिब हुनेछन् ।”

ट्रम्पले आफू विरूद्धको सम्भावित महाभियोगका विषयमा पहिलो पटक यसरी खुलेर अन्तर्वार्ता दिएको देखिएको छ ।

ट्रम्पका पूर्व वकिल माइकन कोहेनले अदालतमा चुनाव अभियानसँग सम्बन्धित वित्तीय नियमको  उल्लंघन गरेको स्वीकार गरेका छन् ।

साथै उनले यसो गर्न आफूलाई ट्रम्पले निर्देशन दिएको जनाए ।

नोभेम्बरको मध्यावधि चुनाव अघि ट्रम्पका विरोधीले उनका विरूद्ध महाभियोग लगाउने सम्भावना नभएको पत्रकारहरूको बुझाइ रहेको छ ।

ट्रम्पले पर्नस्टार स्टार्मी डेनियल्स र प्लेबोय पत्रिकाकी पूर्वमोडल केरन म्याकडागललाई रकम दिएको आरोप लगाइएको छ ।

गत महिना कोहनले सार्वजनिक गरेको एक अडियो टेममा ट्रम्प र स्टार्मी वा केरन कसैसँग चुनाव पूर्व भुक्तानी दिने कुरो गरेको सुनिन्छ ।

यो रकमबाट चुनावमा प्रभाव परेको आरोपलाई ट्रम्पले अस्वीकार गरेका छन् ।

विरोधीहरूले चुनावमा आफ्नो छवि नबिग्रियोस भनेर दिइएकोले यो प्रश्न अमेरिकीहरूका लागि महत्वपूर्ण भएको उनीहरूको कथन छ ।

अमेरिकी चुनाव आयोगको नियम बमोजिम चुनावमा मतदातालाई प्रभावित गर्ने कुनै पनि खर्चको बारेमा आयोगलाई जानकारी दिनुपर्ने छ ।

यो मुद्दा चलाउन ट्रम्प विरूद्ध अदालतमा नभई संसदमा चल्ने भएकाले उनका विरूद्ध महाभियोग लगाउनुपर्ने हुन्छ ।

छानबिन समितका अनुसन्धानकर्ताहरूलाई ट्रम्पका वकिलेलाई दिइएको रकम चुनाव प्रभावित गर्न दिइएको विषय प्रमाणित गर्नुपर्ने हुन्छ ।

सन् २०१८ अप्रिलमा पहिलो पटक ट्रम्पले पोर्नस्टारलाई रकम दिएको कुरो अस्वीकार गरेका थिए ।तर अहिले उनले चुनावी अभियानमा दिइएको रकमले चुनावलाई प्रभावित नगरेको दाबी गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?