मलेसियासँग श्रम सम्झौता हुँदै

काठमाडाैं-बायोमेट्रिक स्वास्थ्य परीक्षण, भिसा प्रोसेसिङलगायत नाममा यसअघि बिचौलिया कम्पनी र एजेन्टहरुले उठाउँदै आएको अतिरिक्त शुल्क पनि कामदारले तिर्नुपर्ने छैन ।

मलेसियामा सहज रुपमा नेपाली कामदार पठाउन दुई मुलुकबीच श्रमसम्झौता हुने भएको छ ।

सम्झौतापछि तीन महिनादेखि रोकिएको मलेसिया कामदार पठाउने प्रक्रिया खुल्नेछ ।

अब मलेसिया कामदार पठाउने प्रक्रियामा बिचौलिया कम्पनी र एजेन्टहरुले प्रवेश गर्न पाउनेछैनन् ।

बायोमेट्रिक, स्वास्थ्य परीक्षण भिसा प्रोेसेसिङलगायत नाममा यसअघि बिचौलिया कम्पनी र एजेन्टहरुले पठाउँदै आएको अतिरिक्त शुल्क पनि कामदारले तिर्नुपर्नेछैन । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?