चुनाव घोषणा नहुँदै उम्मेदवारीको होडबाजी : काठमाडौं-६ बाट अब्दुस मियाँ लड्ने

लोकपथ
793
Shares

काठमाडौं । आगामी निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र ६ बाट अब्दुस मियाँले उम्मेदवारी घोषणा गरेका छन् ।

यसअघि विवेकशील साझा पार्टीमा सक्रिय उनले सो पार्टीबाट अलग भएर स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘पछिल्लो समय मूलधारका राजनीतिक दलहरूले देखाएको विच्शृंखलता र निराशाजनक कार्यसम्पादनका कारण देशले खोजिरहेको विकल्पमा अझ बढी काम गर्नुपर्ने उत्तरदायीत्व बहन गर्दै यहाँहरू समक्ष आगामी प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत गर्न चाहन्छु । प्रतिनिधि सभामा स्वतन्त्र युवा कानून निर्माताका रूपमा सहभागी हुने लक्ष्यका साथ म काठमाडौँ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ’, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले धेरै सक्षम युवाहरुले नीतिनिर्माण तहमा पुग्ने ईमान्दार प्रयास गर्नुपर्ने आवश्यकता औँल्याउँदै देशभरका १६५ निर्वाचन क्षेत्रहरुबाटै सक्षम युवहरुलाई उम्मेदवारी दिन आह्वान समेत गरेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा देशका धेरै स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरुले जित हासिल गरेसँगै आम निर्वाचनमा पनि त्यसको असर पर्ने देखिएको छ । यसअघि पनि धेरैले आम निर्वाचनमा उम्मेदवार बन्ने चर्चा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?