एसपीपी लुकीछिपी अघि बढाएको खिमलाल देवकोटाको आरोप

लोकपथ
169
Shares

काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लुकीछिपी अघि बढाएको आरोप लगाएका छन् ।

आइतबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकाटाले संसदबाट पारित गरिएको एमसीसी सम्झौंता पनि सरकारले त्यसैगरी अघि बढाएको उल्लेख गरे । उनले सरकार र अदालतले भने पारदर्शीता अपनाउन नपर्ने हो र ? भनि प्रश्न समेत गरे । राज्यका हरेक निकायलाई पेपरलेस सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्दै सांसद देवकोटाले सोही अनुसारको कामको व्यवस्था गर्न सरकारसँग माग समेत गरे ।

उनले काठमाडौं महानगरपालिका र धरान नगरपालिकाले आफ्नो बैठक समेत लाईभ गराएर पारदर्शीताको उत्कृष्ट नमूना प्रर्दशन गरेको भन्दै सोही अनुसारको काम सरकारले पनि गर्नुपर्ने बताए ।

सांसद देवकाटाले सरकारले आफना सबै निर्णयहरु वेबसाईटमार्फत् सार्वजनिक गर्नुपर्नेमा जोड दिए । सांसद देवकोटाले पारदर्शीता नभएकै कारण सरकारका हरेक गतिविधिमा भ्रष्टाचार हुने गरेको दाबी समेत गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?