निरु पाल धम्की प्रकरणः तीन सातासम्म अनुसन्धान अपुरो

काठमाडौं – १५ साउन साँझ ८ बजे नयाँ बानेश्वरको थापागाउँस्थित गल्लीमा सांसद निरुदेवी पाललाई एक अपरिचितले पेस्तोल ताकेर ज्यान मार्न धम्की दिएको खबर सार्वजनिक भयो ।

तेस्रो दिन महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको संयोजकत्वमा छानबिन टोली पनि गठन भयो । आजको नयाँ पत्रिकामा प्रहरीमाथि विश्वासको संकट शीर्षकअन्तर्गत यो समाचार छापिएको छ ।

छानबिनको २० दिन बितिसक्दा पनि समितिले कुनै तथ्य सार्वजनिक गर्न सकेको छैन । प्रहरीको अनुसन्धान अपुरो हुँदा घटना नै वास्तविक होइन कि भन्ने सन्देह पैदा भएको छ ।

र, घटना वास्तविक नै हो भने र सार्वभौम संसद्को सदस्य तथा सत्तारुढ दलको नेतालाई राजधानीमै कसैले कन्चटमा पेस्तोल ताक्छ र दोषी पक्राउ पर्दैन भने सर्वसाधारणको सुरक्षा पक्कै पनि संकटमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?