८ कार्तिक २०७८, सोमवार

राष्ट्रपतिको आलोचना गर्ने व्यक्ति पक्राउ

२०७५,भाद्र,७,बिहीवार १६:३५


काठमाडाैं- फेसबुकमा राष्ट्रपति इमर्सन नानगाग्वाँको आलोचना गरेको आरोपमा जिम्बाबेको प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
मनङग्वाका खरो आलोचकका रुपमा चिनिने मुन्याराड्जी शोकोले राष्ट्रपतिलाई सैतानसँग तुलना गरेपछि पक्राउ गरिएको अधिकारीहरूले बताएका छन् ।
जिम्वाब्बेको मानवअधिकारवादी वकिल कुम्बिराइ माफुन्डाले शोकोलाई पक्राउ गरिएको बुधबार पुष्टि गर्नुभएको समाचारमा जनाइएको छ ।
हरारेमा रहेको केन्द्रीय प्रहरी कार्यालयमा शोकोलाई राखेर अपराधसम्वन्धी मुद्धा चलाउन लागिएको माफुन्डाले एएफपीलाई जानकारी दिए ।
शान्ति सुरक्षा कायम गर्न र कानूनको कार्यान्वयन गर्नका लागि उनको अभिव्यक्ति प्रतिकूल भएकाले पक्राउ गरिएको माफुन्डाको भनाई छ ।
घटनाका बारेमा प्रहरीले भने अहिले सम्म कुनै प्रतिक्रिया नदिएको बताइएको छ । गत जुलाई ३० मा भएको निर्वाचन बेला पनि विपक्षी समर्थक समूहको तर्फबाट भएको प्रदर्शनमा शोकोको हात रहेको बताइएको छ । त्यतिबेला भएको हिंसामा परी कम्तीमा छ जना मारिएका थिए ।
निर्वाचनमा नानगाग्वाँ विजयी भएको घोषणा गरिएपनि नतिजाका बारेमा अहिले पनि अदालतमा मद्दा रहेको छ ।

प्रकाशित मिति: २०७५,भाद्र,७,बिहीवार १६:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घटेको छ । सरकारी अधिकारीहरुले पछिल्लो २४ घण्टामा १४ हजार ३०६

काठमाडौं । खाबी लेम टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा दोस्रो स्थानमा रहेका छन् । अमेरिकी नृत्याङ्गना चार्ली डी अमेलियोपछि टिकटक

काठमाडौं । सुडानको सेनाले प्रधानमन्त्री अब्दल्ला हम्डकसहित दर्जनौ नेताहरुलाई गरिफ्तार गरेको छ । प्रधानमन्त्री हम्डकलाई अपदस्थ नै गरेर सेनाले सत्ता

काठमाडौं । आउँदो जाडोयाममा २ करोड २० लाख भन्दा बढी अफगानीहरु ‘तीव्र खाद्यान्न असुरक्षा’ को शिकार बन्नेछन्, संयुक्त राष्ट्र संघीय

ताजा समाचार

लमजुङमा भूकम्पको धक्का महसुस
 २०७८,कार्तिक,८,सोमवार २२:१७
सात दिनदेखि अवरुद्ध राजमार्ग सञ्चालन
 २०७८,कार्तिक,८,सोमवार २२:०४
एमालेको पालिकास्तरमा मङ्गलवार अधिवेशन
 २०७८,कार्तिक,८,सोमवार २१:३०
च्यासलमा थप दुई विदेशी खेलाडी अनुबन्ध
 २०७८,कार्तिक,८,सोमवार २१:१६