३१ आश्विन २०७८, आईतवार

फरार कैदी १३ वर्षपछि पुनः पक्राउ परे

२०७५,भाद्र,७,बिहीवार १६:२०


 

खोटाङ- कारागारबाट फरार एक कैदी १३ वर्षपछि पुनः पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३६ वर्षीय वीरबहादुर तामाङ रहेको छ । उनी २०६२ साल असार ५ गते कारागारबाट भागेका थिए । प्रहरीले उनलाई आज घरैबाट पक्राउ गरेका हुन् ।

पक्राउ परेका तामाङलाई बिहीबारै जिल्ला अदालतमा हाजिर गराएर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

विसं २०६० असोज १५ गते स्थानीय २१ वर्षीय नवराज दाहालको हत्या गरेको अभियोगमा तामाङसहित तीन जना पक्राउ परी पुर्पक्षका लागि कारागारमा रहेका थिए । जिल्ला अदालत खोटाङले २०६३ चैत ६ गते तीनै जनालाई २०÷२० वर्ष कैद सजाएको फैसला गरेको थियो ।

दाहालको हत्या लगत्तै पक्राउ परेका उनीहरुले दुई वर्ष नौ महिना १० दिन कैद भुक्तानी गरिसकेका थिए ।

प्रकाशित मिति: २०७५,भाद्र,७,बिहीवार १६:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालीहरुको महान पर्व वडा दशैको बिदा सकिएसँगै आजबाट सरकारी कार्यालयहरु खुलेका छन् । असोज २६ गते फूलपातिका दिनदेखि

काठमाडौं । रसुवामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । घरायसी विषयमा झै-झगडा भई कुटपिट हुँदा नौकुण्ड गाउँपालिका-५ भोर्लेडाँडा टोल

काठमाडौं । तनँहुमा ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ४४ वर्षीया महिलालाई जबरजस्ती

काठमाडौं । सर्लाहीमा १ थान पेस्तोलसहित एक जना पक्राउ परेका छन् । बलरा नगरपालिका-३ लक्ष्मीपुर बस्ने २४ वर्षीय नवनित झालाई

ताजा समाचार

दशैँमा देखिएको केही फरक र मनोरम दृश्यहरु
 २०७८,आश्विन,३१,आईतवार १२:३३