प्रधानन्यायधीशमा ओमप्रकाश मिश्र सिफारिस

संवैधानिक परिषदको बैठकले प्रधानन्यायधीशको रिक्त पदमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको बैठकले प्रधानन्यायधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे र कानुनमन्त्री भानुभक्त ढकाल सहभागी भएको कानुनमन्त्री ढकालले जानकारी दिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?