इसेवाको धमाका अफर, बैंक खाता लिंक गर्दा ५५ रुपैयाँ क्यास ब्याक

लोकपथ
221
Shares

काठमाडौं । इसेवाले ५५ मिनेटको धमाका अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत ५ असारमा बैंक खाता लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यास ब्याक पाइने छ ।

आइतबार साँझ ५:०५ देखि साँझ ५:५५ बजेसम्म बैंक खाता लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यास ब्याक पाइने बताइएको छ । इसेवाले ग्राहकहरू घरमै बसेर वित्तीय कारोबार गर्न सकून् भन्ने उद्देश्यले यो योजना ल्याएको जनाएको छ । योजनामा सहभागी हुन एकाउन्ट लिंक गरी कारोबार गर्नुपर्ने र एकाउन्ट भेरिफाइड भएको हुनुपर्ने सर्त कम्पनीले तोकेको छ ।

इसेवाले हाल एन्ड्रोइडमा ५२ लाख र आइओएस मोबाइलमा करिब १० लाख गरी ६० लाखभन्दा बढी ग्राहकहरूलाई मोबाइल एपमार्फत सेवा प्रदान गरिरहेको छ ।

इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन् । यी बैंकहरूबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?