विप्लवका प्रवक्ता प्रकाण्ड तेस्रोपटक पक्राउ

काठमाडौं । विप्लव नेतृत्वको माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) फेरि पक्राउ परेका छन् । सर्वोच्च अदालतले बिहीवार रिहा गरेसँगै उनलाई सर्वोच्च अदालत परिसरबाट प्रहरीले फेरि पक्राउ गरेको हो ।

चन्दा आतंक मच्चाएको भन्दै उनलाई प्रहरीले २२ साउनमा पक्राउ गरेको थियो ।

प्रकान्डलाई आज बिहीवार सर्वोच्च अदालतले छाड्न आदेश दिएको थियो । न्यायाधीश केदारप्र्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको सयुंक्त इजलासले प्रकाण्डलाई छोड्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि छोड्नासाथ उनलाई पुनः प्रक्राउ गरिएको बताइएको छ । प्रहरीका अनुसार उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुर पठाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?