१८ औँ ‘एशियाड’: अब आशा तीन खेलमा खुम्चियो

काठमाडौं । ओलम्पिक पछिको सबैभन्दा ठूलो प्रतियोगिता १८ औँ एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत नेपालले तीन खेलबाट पदकको आशा गरेको छ । 

तेक्वान्दो र उसु  बाहिरिएसँगै अब कराँते, बक्सिङ र प्याराग्लाइडिङको क्रशकन्ट्री विधामा नेपालले पदकको आशा गरिएको खेल हो । बक्सिङ मा शुक्रवार नेपाली खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् ।

त्यस्तै, कराँते र प्याराग्लाइडिङको क्रशकन्ट्री विधाको खेल भने शनिवारबाट सञ्चालन हुनेछ । 

नेपालले स्वर्ण पदकको आशा गर्न सक्ने एशियाली खेलकुदमा  प्रभावकारी योजना बनाउन नसक्दा र हचुवाका भरमा बैदेशिक प्रशिक्षणका लागि पठाउनुको कारणले एशियाली खेलकुदमा नेपालको प्रर्दशन दिन प्रतिदिन खस्कँदो छ । 

नेपालले कम्तीमा कास्य पदकको अपेक्षा गरेको तेक्वान्दो र उसु खेल पनि यस संस्करणमा पदक बिहिन बन्यो ।  ‘एशियाड’ को तयारीका लागि भन्दै तेक्वान्दोले दक्षिण कोरिया र उसुले चीन लगेर खेलाडीहरुलाई विशेष प्रशिक्षण दिएको थियो । तर, वैदेशिक प्रशिक्षणका बावजुत पनि यी दुवै खेलले कुनै पदक जित्न सकेनन् ।

अघिल्लो दुई संस्करणको ‘एशियाड’मा बक्सिङका दिपक महर्जन र कराँतेकी बिमला तामाङले कास्य पदक जितेका थिए । 

यता, प्याराग्लाइडिङको एक्यूरेसी बिधामा असफल भएको नेपाली टोलीले क्रसकन्ट्री बिधामा भने पदक ल्याउन सक्ने अपेक्षा गरिएको छ । 

कम समयको बन्द प्रशिक्षण र खेलकुद सम्बन्धित  निकायले समयमा नै तयारी शुरु नगर्दाको परिणाम अहिलेको ‘एशियाड’देखिएको छ । सहभागिता जनाएको २९ खेलमध्ये ६ खेल पदक बिहिन बनिसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?