यार्चाको मूल्य बढेपछि संकलन गर्ने व्यक्तिहरु हर्षित

लोकपथ
260
Shares

काठमाडौं । कम संकलन भएपछि विगत वर्षमा भन्दा यस वर्ष यार्चाको मूल्य बढेको छ। यार्सा संकलन वैशाखबाट सुरु हुन्छ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको १ र २ नम्बर वडाका पाटनमा यार्चा खोज्न गएकाहरूले विगतमा भन्दा राम्रो मूल्य पाएको बताएका छन् ।

यार्चा संकलनका लागि पाटन पुगेका अधिकांश झरिसकेका छन्, भने केही अझै यार्चा संकलनमै पाटनतिरै छन्।

यस वर्ष प्रतिकिलो १९ देखि २१ लाख रुपैयाँसम्ममा यार्चा खरिदबिक्री भएको छ। यार्चा संकलकले कम्तीमा ५० हजारदेखि ५ लाख रुपैयाँसम्म एक जना व्यक्तिले आम्दानी गर्ने गर्दछन्। विगत वर्षहरुमा भन्दा यस वर्ष यार्चाको मूल्य बढेपछी संकलन गर्ने व्यक्तिहरु खुशी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?