संवैधानिक परिषद्को बैठक सुरु

प्रधानन्यायाधीश र अख्तियार प्रमुख सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सुरु भएको छ।

बैठकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखको नाम सिफारिस गर्ने जनाइएको छ।

भावी प्रधानन्यायाधीश हुन योग्यता पुगेका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर  राणाको नाम सिफारिस हुने संभावना छ। अख्तियारको प्रमुख आयुक्तका लागि नविनकुमार घिमिरेको संभावना छ। 

यसअघि प्रधानन्यायाधीशका लागि सिफारिस भएका दिपकराज जोशीको नाम संसदिय सुनुवाइ समितिले अस्वीकार गरेपछि पुनः संवैधानिक परिषद्को बैठक बस्न सकेको थिएन।

बिहिबारको बैठकबाट भावी प्रधानन्यायाधीश हुन योग्यता पुगेका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर  राणाको नाम सिफारिस हुने संभावना छ।

अख्तियारको प्रमुख आयुक्तका लागि पनि धेरै आकांक्षीहरु रहेका छन् ।

अख्तियार प्रमुखमा नविनकुमार घिमिरेको संभावना छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?