कञ्चनपुरका सीडीओलाई सरकारले फिर्ता बोलायो

काठमाडौं । सरकारले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कुमार बहादुर खड्कालाई फिर्ता बोलाएको छ ।

 उनको ठाउँमा गृहमन्त्रालयले तारानाथ अधिकारीलाई पठाएको गृहमन्त्री राम बहादुर थापाका प्रेस सहयोगी किरण भट्टराईले जानकारी दिए । 

यस्तै सरकारले कञ्चनपुरका प्रहरी प्रमुखलाई पनि जिम्मेवारीबाट हटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?