निर्मला हत्या प्रकरण : घटनाबारे छानबिन गर्न उच्च स्तरीय समिति गठन

काठमाडौं । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ । 

गृहमन्त्रालयले बिहीबार घटनाबारे छानबिन गर्न सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको हो ।

भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका पन्तका वास्तविक हत्यारालाई स्थानिय प्रशासनले उम्काउन खोजेको भन्दै स्थानीयबासी आक्रोशित भएका थिए । 

जिल्ला प्रहरी कार्यालयले भदौ ५ गते निर्मलाको हत्यामा संलग्न भएको भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।

बागफाँटाका विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको भन्दै स्थानीयवासी आक्रोशित भएका हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?