फिल्म ‘रेनी’ यो माया कस्तो माया? (भिडियो)

काठमाडौं । फिल्म ‘रेनी’ को गीत सार्वजनिक भएको छ । निर्माण टिमले युट्युबमार्फत गीत सार्वजनिक गरेको हो ।

‘माया यो कस्तो माया’ बोलको गीतमा मेलिना राईको स्वर रहेको छ भने विनोद खम्बुको संगीत रहेको छ ।

यस्तै गीतलाई गुरु भुटियाले लेखेका हुन् ।

यस्तै गीतको भिडियोमा मदन खड्काको कोरियोग्राफी रहेको छ भने फिल्मका मुख्य कलाकारलाई उक्त गीतमा फिचरिङ गराइएको छ ।

विमला मल्ल र सञ्जिव मल्लले निर्माण गरेको यो फिल्म भोलि शुक्रवारबाट रिलिज हुँदैछ । फिल्मलाई गिरिश रिजालले निर्देशन गरेका हुन् ।

यस्तै चलचित्रमा सरोज खनाल, दीपक दाहाल, सनम मल्ल, गिरिश रिजाल, सुरवीर पण्डित लगायतका कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?