सेन्चुरी बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानीसम्बन्धी सम्झौता

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक र ‘खल्ती’ डिजिटल वालेटबीच मोबाइल भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।

कमर्सियल बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत दिपेश प्रधान र खल्लीका तर्फबाट निर्देशक अमित अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 

सम्झौता पछि सेन्चुरी बैंकका ग्राहकले मोबाईल बैंकिङ सुविधा प्रयोग गरी ‘खल्ती’ मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

त्यस्तै खल्ती डिजिटल वालेटका निर्देशक अमित अग्रवालले सम्झौतापछि बैंकका ग्राहकले बैंकबाट पैसा झिकिराख्ने झन्झट गर्नु नपर्ने र ‘खल्ती’ मा पैसा लोड गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सक्ने जानकारी दिए ।

खल्ती एम प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, टिकट, प्लेन टिकन, होटेल रुम बुकिङ तथा अन्य सेवाहरु मोबाइलबाटै भुक्तानी गर्न सकिने छ । 

२०१७ जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक पेमेन्ट गेटवे हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?