सनी देओल आफ्नै बुबाको भूमिकामा देखिएलान्?

मुम्बई । अभिनेता सनी देओलले आफ्ना पिता तथा चर्चित अभिनेता धर्मेन्द्रको बायोपिक बनाउनमा रुचि छ । उनी अहिले राम्रो लेखक र निर्देशकको खोजीमा छन्, जसले कहानीलाई रोचक बनाउन सकून् ।

पिताको बायोपिकका बारेमा बताउँदै सनी देओलले भने, ‘मलाई लाग्छ, अहिले बायोपिक फिल्म बनाउने ट्रेन्ड छ, यो राम्रो आइडिया पनि हो, म पनि बुबाको बायोपिक फिल्म बनाउन इच्छुक छु, तर यसका लागि राम्रो राइटर र निर्देशकको जरुरी छ, जसले बुबालाई चाखपूर्ण तरिकाले बताउन सक्छन् ।’

उनलाई सोधिएको थियो कि, पिताको भूमिकामा के तपाईं आफै देखिन चाहनुहुन्छ? उनले यसबारेमा भने, ‘अहिले केही सोचेको छैन, म मात्र हैन, मेरो छोराले पनि युवा धर्मेन्द्रको भूमिका निभाउन सक्छ, तर यो सबै कहानीमा भर पर्छ ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?