नाच्दा कम्मर भाँचिए हस्पिटल जिन्दावाद (भिडियो)

काठमाडौं । तीजका गीत सार्वजनिक हुने क्रम जारी छ । युट्युबमा दैनिकजसो तीजका गीत सार्वजनिक भइरहेका हुन्छन् ।

तीजको छेको पारेर गायक जीवन परियार र संगीता तिमिल्सिनाको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

‘हस्पिटल जिन्दावाद’ बोलको गीतमा नाचेर कम्मर भाँचियो भने हस्पिटल जाऔंला भन्ने भावना समेटिएको छ । गीतमा सुमन श्रापितका शब्द छन् भने बीबी अनुरागीले संगीत दिएका छन् ।

गीतको भिडियोमा निर्मल क्षेत्री र जुना मगरले नाचेका छन् । भने प्रकाश क्षेत्रीले निर्देशन गरेका छन् ।

यस्तै गीतको सम्पादन अनिल राना र छायांकन वीरेन्द्र भट्टले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?