तीज गीतमा आगो सल्कियो (भिडियो)

काठमाडौं । तीज नजिक हुँदै गर्दा नयाँ गीत पनि उत्तिकै रिलिज हुन थालेका छन् ।  बरु यस वर्ष छाडा तीजका गीत त्यति सार्वजनिक भएका छैनन् ।

यसैबीच खुमन अधिकारी, प्रतिमा भट्टराई र यज्ञ सापकोटाको स्वर रहेको तीज गीत सार्वजनिक भएको छ ।

‘आगो सल्कियो’ बोलको गीतमा प्रेम र प्रेमिकाले मोबाइल फोन गर्दा फोन नलागेपछि चिन्ताले आगो सल्किएको भाव व्यक्त गरिएको छ ।  गीतमा यज्ञ सापकोटाको शब्द र संगीत रहेको  छ ।

गीतको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् भने प्रदीप खडेल र आरपी भट्टराईले क्यामेरा खिचेका हुन् ।

मदन खड्का र रेखा सुनार लगायतले अभिनय गरेको गीतको भिडियोमा मदन खड्काकै निर्देशन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?