कञ्चनपुरमा गोली चल्यो, ५ जना घाइते

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका अभियुक्तलाई कारबाहीको माग गर्दै कञ्चनपुरमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर कम्तीमा ५ जना घाइते भएका छन् । 

भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका पन्तका वास्तविक हत्यारालाई स्थानिय प्रशासनले उम्काउन खोजेको भन्दै स्थानीयबासी आक्रोशित भएका थिए । 

फोटो साभार : फेसबुक 

जिल्ला प्रहरी कार्यालयले भदौ ५ गते निर्मलाको हत्यामा संलग्न भएको भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।

बागफाँटाका विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको भन्दै स्थानीयवासी आक्रोषित भएका हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?