काठमाडाै । नेपाली कांग्रेस का नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनको परिणामपछि झस्किएर गठबन्धन फुटाउने प्रयास सुरु भएको बताएका छन् । सिंहले गठबन्धन केका लागि थियो किन थियो भन्ने कुरा प्रमाणित हुँदै आएको छ भन्दै संविधान माथि पटकपटक प्रहार भएकाले कांग्रेस नेत्रित्वमा जारि भएको संविधान जोगाउन परिस्थितिले गठबन्धनमा जानू परेको बताए ।
कांग्रेसका केही जित्ने साथिहरुले गठबन्धनका कारण अवसर नपाए पनि व्यवस्था जोगाउन गठबन्धन जानू परेकोसमेत उनले बताए । स्थानीय निर्वाचनको नतिजाले कांग्रेस पहिलो पार्टी बनेको भन्दै अब फेरि आउँदै गरेको निर्वाचनमा अझै मेहनत गरेर ठुलोपार्टी बनाउन जन्तामा जानू पर्ने सिंहले उल्लेख गरे ।
काभ्रेको बनेपामा नेपाली कांग्रेस बनेपा नगर समितिले आयोजना गरेको बधाई शुभकामना कार्यक्रममा बोल्दै नेता सिंहले अहिले एसपिपि का विषयमा हुदै नभएको विषय उचालेर कांग्रेसमाथि प्रहार भैरहेको भन्दै विपक्षी दलले आफू सत्तामा हुँदा पत्र लेख्ने अनि एसपिपि को नाममा गठबन्धन फुटाउन सकिन्छ कि भनेर प्रयास गरेको सिंहले बताए ।
कांग्रेस पार्टीले मात्रै मुलुकको हितगर्न सक्ने भन्दै कांग्रेस पार्टीभित्रको आन्तरिक एकता बलियो भएमात्र लोकतन्त्र बलियो हुने भन्दै पार्टीभित्र एकता कायम राखेर विधि र पद्धतिमा कांग्रेस पार्टीलाई संचालन गर्न सबैको ध्यान केन्द्रित गर्नुपर्नेमा उनकाे जाेड रहेकाे थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया