सम्बन्ध विच्छेदमा चर्को कर लगाएको प्रति कांग्रेसको आपत्ती

स्याङ्जा । पुतली बजार नगरपालिकाले स्थानीय सेवा शुल्क तथा दस्तुर र व्यवसाय कर बृद्धि गरेकोप्रति नेपाली कांग्रेस पुतलीबजार नगर समितिले विरोध जनाएको छ ।

संघीय संरचना बमोजिम निर्वाचित पुतलीबजार नगरपालिका कार्यालयले अधिकारको दुरुपयोग गर्दै नगरबासीहरुलाई आहत हुने गरी स्थानीय शुल्क तथा दस्तुर र व्यवसाय कर बृद्धिबाट नगरवासी मर्कामा परेको दावी काँग्रेसको छ ।

काँग्रेस नगर समितिले स्थानीय सरकारले गरेको कर वृद्धिका  विरुद्ध ज्ञापनपत्र समेत बुझाएको हो ।

ज्ञापन पत्रमा नागरिकता सिफारिस, नाबालक जन्मदर्ता, घरकर, सम्बन्ध विच्छेद लगायत बिभिन्न सिफारिस र उजुरी दर्तामा अत्याधिक मात्रामा कर बृद्धि गरी नगरबासीको डाढ सेक्ने काम भएको जनाएको छ ।

नगरबासीको आयलाई ध्यान दिदै कर बृद्धि गर्नु पर्ने बताउदै तत्काल बढ्दो करलाई फिर्ता नलिए कडा कदम चाल्न बाध्य हुने उक्त ज्ञापनपत्रमा जनाईएको छ ।

ज्ञापनपत्रमा शिक्षा नियामावली २०२८ र २०५९ क्रियाशील रहेको अवस्थामा सोही अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने उल्लेख गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?