१८ औँ ‘एशियाड’: प्याराग्लाइडिङ पुरुष र महिला एक्कुरेसीमा नेपाल पदक बिहिन

जाकार्ता । इन्डोनेशियामा जारी १८ औँ ‘एशियाड’ अन्तर्गत प्याराग्लाइडिङको महिला एक्कुरेसीतर्फ पनि नेपाल पदक बिहिन बनेको छ । 

बिहीवार सम्पन्न भएको महिला र पुरुषको एक्कुरेसीको अन्तिम चरणको खेलपछि पुरुषमा नेपालमा विजय गौतमले आठौँ स्थान हात पारे भने सुशील गुरुङ २४ औँ स्थानमा रहन सफल भए।

यो विधामा कूल ३३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

यहि विधाको आयोजक इन्डोनेशियाका  जाफ्रो मेगावान्तोले स्वर्ण पदक जिते । थाइल्याण्डका जिरासेक विटथामले रजत तथा दक्षिण कोरियाका चुल्सो लुले कास्य पदक हात पारे ।  

त्यस्तै, बिहीवार नै भएको महिलातर्फको खेलमा नेपालकी तृषा श्रेष्ठ तामाङ १४औँ तथा प्रतिमा भुजेल १५ औँ स्थानमा रहिन्।  यसअघि भएको टिम एक्कुरेसीमा नेपालको पुरुष टिम आठौँ तथा महिला टिम सातौँ भएको थियो।

भोली ‘शुक्रवार’ बाट क्रस कन्ट्रीतर्फको खेल शुरु हुनेछ । यो विधाबाट नेपालले पदकको आशा गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?