काभ्रे छापका बाढी पहिरो पीडित १९ घरपरिवारलाई सशस्त्र प्रहरीको ‘अक्वाबक्स’ राहत

काठमाडौं । सशस्त्र प्रहरी बलले काभ्रे जिल्लाको मण्डल–देउपुर छापका स्थानमा पहिरोबाट बिस्थापित घर परिवारलाई राहत स्वरुप ‘अक्वाबक्स’ प्रदान गरेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक बेनुप्रसाद पाठकले मण्डलादेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाईवालाई पहिरोबाट बिस्थापित १९ घरपरिवारलाई उपलब्ध गराउने गरी अक्वाबक्स हस्तान्तरण गरेका हुन ।

अक्वाबक्समा खानाको सामाग्री बाहेक घरमा प्रयोग हुने आधारभूत सामाग्रीहरु रहेका छन् । जसमा खाना पकाउने भाडा, पानी फिल्टर, त्रिपाल, डोरी, करौती, कपि, कलम, तौलिया, बच्चाको खेलौना लगायतका सामाग्रीहरु छन् ।

सो अक्वाबक्स राहत सामाग्री सशस्त्र प्रहरीलाई पनि रोटरी इन्टरनेशनल नेपालबाट प्राप्त भएको थियो । प्रति अक्वाबक्स करीब एकलाख रुपिँय मूल्यको रहेको छ ।

उद्धारकार्य तथा राहत वितरण कार्यमा सशस्त्र प्रहरी वल सक्रिय सहभागिता जनाउँदै आएको चर्चा गर्दै सशस्त्र प्रहरी उपरीक्षक पाठकले विपत्त पीडित नागरिकलाई उद्धार कार्यमा संगठनले सहयोग पु¥याई रहेको बताए ।

गत साउन महिनामा परेको अविरल बर्षाको कारण स्थानीयको घरहरु बाढीले बगाउनका साथै केही घरहरु पहिरोमा पुरिएर क्षति भएकाको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?