सातामा सेयर बजार : नेप्से १९ सय ७१ अंकमा, साताभर पाँच अर्ब ५९ करोड ९३ लाखको कारोबार

लोकपथ
156
Shares

काठमाडौ । यो साता सेयर बजार निकै नै तल झरेको छ । नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुलेको थियो । सो मध्ये चार कार्य दिन नेप्से लगातार घटेको थियो भने चौंथो दिन नेप्से सामान्य अंकले बढेको थियो । जसले गर्दा यो साता नेप्से दुई हजार अंकबाट पनि तल अर्थात १९ सय ७१ दशमलव ३८ अंकमा खुम्चिन पुगेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि लगातार घटे कै कारण तीन सय ८१ दशमलव १४ अंकमा खुम्चिएको छ ।

नेप्से घटेसंगै यो साता सेयर कारोबार रकममा पनि गिरावट आएको छ । सातामा दुई सय ३२ वटा कम्पनीहरुको एक लाख २३ हजार नौं सय २९ पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड ७१ लाख ९९ हजार आठ सय ३४ कित्ता शेयर खरिद–बिक्री हुुंदा कुल कारोबार रकम पाँच अर्ब ५९ करोड ९३ लाख ६० हजार ७५ रुपैंयाँमा सिमित भएको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै एक अर्ब रुपैंयाँले कम हो ।

गत साता छ अर्ब ५९ करोड ३३ लाख ६३ हजार एक सय २६ रुपैंयाँको सेयर कारोबार भएको थियो । कुल दुुई सय ३१ वटा कम्पनीहरुको एक लाख ३४ हजार नौं सय ३० पटकको कारोबारमा दुई करोड पाँच लाख ९५ हजार एक सय ९५ कित्ता सेयर खरिद बिक्री भएकै आधारमा गत साता उक्त परिमाणमा रकम कारोबार भएको थियो ।

यो साता पहिलो दिन १५ दशमलव ८२ अंकले घटेर दुुई हजार ३२ दशमलव ३४ अंकमा झरेको नेप्से दोस्रो दिन पुन ३६ दशमलव आठ अंकले घटेर १९ सय ९६ दशमलव २५ अंकमा झरेको थियो । तेस्रो दिन पनि २९ दशमलव ८९ अंकले घटेर १९ सय ६६ दशमलव ३७ अंकमा झरेको नेप्से चौंथो दिन भने १२ दशमलव ५७ अंकले बढेर एक हजार नौं सय ७८ दशमलव ९४ अंकमा चढ्न सफल भएको थियो । पाँचौं दिन भने नेप्से पुन सात दशमलव ५६ अंकले घटेर १९ सय ७१ दशमलव ३८ अंकमा खुम्चिन पुगेको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन दुई दशमलव २७ अंंकले घटेर तीन सय ८९ दशमलव ९८ अंकमा झरेकोमा दोस्रो दिन छ दशमलव ४८ अंंकले घटेर तीन सय ८३ दशमलव ५१ अंकमा सिमित हुन पुगेको थियो । तेस्रो दिन पनि चार दशमलव छ अंंकले घटेर तीन सय ७८ दशमलव ९० अंकमा झरेको सेन्सिटिभ इन्डेक्स चौंथो दिन भने दुई दशमलव ९३ अंंकले बढेर तीन सय ८१ दशमलव ८३ अंकमा चढ्न सफल भएको थियो । पाँचौं दिन भने सेन्सिटिभ इन्डेक्स पुन शुन्य दशमलव ६९ अंंकले घटेर तीन सय ८१ दशमलव १४ अंकमा खुम्चिन पुगेको थियो ।

यो साता हिमालयन डिष्ट्रिलरी प्राली, नेपाल टेलिकम, नविल बैंक आदिको बढी रकम कारोबार भएका छन् भने नेपाल टेलिकम, नेशनल हाईड्रो पावर कम्पनी, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी नैं अगाडि देखिएका छन् ।

यस्तो रह्यो यो साता दैनिक शेयर कारोबार (संख्या र रुपैयाँमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?