‘मिस नेपाल २०२२’ को ग्रान्ड फिनाले आज

लोकपथ
299
Shares

काठमाडौं ।  ८ सय जना सहभागीमध्ये छानिएका २४ जनाबिच ‘मिस नेपाल २०२२’ को ग्रान्ड फिनाले आज हुँदैछ ।

बेलुका गोदावरीमा हुने ग्रान्ड फिनालेमा ९ वटा सब–टाइटलको विजेतासमेत घोषणा हुने तयारी छ । यसपटक मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिने छन् ।

आजको फिनालेमा नीति शाहसहित ११ जना निर्णायकको रुपमा रहनेछन् भने विजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याउने छिन् ।

कोरोना महामारीको कारण अघिल्लो २ वर्षमा रोकिएको मिस नेपालको ग्रान्ड फिनाले यसपालि भौतिक उपस्थितिमै हुँदैछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?