मैले कसैलाई हातपात गरेकाे छैन, विस्वास नलागे सिसीटिभी फुटेज हेरे हुन्छ : मन्त्री अ‍ाले

लोकपथ
245
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अ‍ाफूले हातपात र दुर्व्यवहार नगरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले दाबी गरेका छन् ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै उनले यसाे बताएका हुन् ।

अ‍ालले बरु हातपात र दुर्व्यवहार गरे नगरेकाे पत्ता लगाउन  मन्त्रालय र सिंहदरबार परिसरमा रहेका सिसीटिभी क्यामेरामा कैद भएका फुटेज हेर्न भनेका छन् ।

नेपाल वायुसेवाका अध्यक्षमाथि आएका कार्यालयभित्रै तथा सर्वसाधारण नागरिक र सेवाग्राहीका गुनासाका विषयलाई मन्त्रालयले अध्ययन गरेर अध्यक्षलाई सम्झाइबुझाइ गरी सुधारका लागि कैयौं पटक मौका दिए पनि त्यसमा सुधार नआएको मन्त्री आलेले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?