कति पुग्यो सुनको मूल्य ?

काठमाडौं । बिहीबार छापावाल सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा सुन रु १०० घटेको हो । 

यस्तै  तेजावी सुन भने ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?