कञ्चनपुर । निर्मला पन्त हत्याको विरोधमा कञ्चनपुरमा बिहीबार बिहानैदेखि प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् ।
टायर बालेर सडक अबरुद्ध पारिएको छ ।
पन्तको बलात्कारपछि हत्या भएको र स्थानीय प्रशासनले वास्तविक हत्यारालाई उम्काउन खोजेको स्थानीयबासीहरुले दाबी छन् ।
उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि, ट्राफिक चोक लगायतका स्थानमा विरोध प्रदर्शन गरिरहेका छन् । प्रदर्शनको क्रममा अप्रिय घटना हुन नदिन सुरक्षा तैनाथी बढाइएको छ ।
भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मलाको शव गत साउनमा उखुबारीमा भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको भन्दै परिवारका सदस्यले साउन १० गते प्रहरीमा उजुरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालयले भदौ ५ गते निर्मलाको हत्यामा संलग्न भएको भन्दै भीमदत्त नगरपालिका-१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।
बागफाँटाका विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको भन्दै स्थानीयवासी आक्रोषित भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया