बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली चलचित्र खेल्ने

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली चलचित्र खेल्ने भएकी छन् । 

एबी इन्टरनेसनलले पहिलो पटक निर्माण गर्न लागेको नेपाली चलचित्र ‘पासवर्ड’ मा सन्नीले अभिनय गर्ने भएकी छिन् । 

एबी इन्टरनेसनलले एक विज्ञप्ति जारी गर्दै चलचित्र निर्माण गर्ने घोषणा गरेको गरेको छ । 

९८ प्रतिशत छायांकन बेलायत र दुई प्रतिशत नेपालमा हुने चलचित्रले ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्ष कथाको रुपमा उठाउने निर्माण कम्पनीको भनाइ छ । 

‘ह्याप्पी डेज’ मार्फत अभिनयमा डेब्यु गरेका विक्की जोशी, दुई नवनायिका परी राना, लिसा सुनार, छुल्ठिम गुरुङको, अनुपविक्रम शाही (नेगेटिभ रोलमा), रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेतको अभिनय रहने चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गर्न लागेका हुन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?