नागबेली लघुवित्तको शतप्रतिशत हकप्रद भर्ने म्याद अाजबाट सकिँदै

काठमाडाैं : नागबेली लघुवित्तले अाफ्ना शेयरधनीका लागि निष्काशन गरेको शतप्रतिशत हकप्रद शेयर भर्ने म्याद अाज सकिँदैछ । अाज (बिहिबार) कार्यालय समयभित्र शेयर भरिसक्नुपर्नेछ ।

यो लघुवित्तका शेयरधनीले अाफुसँग भएको शेयरसंख्याकै बराबर थप शेयर प्राथमिक मूल्य (१ सय रूपैयाँ) मा भर्न पाउनेगरि नागबेलीले साउन ४ गतेदेखि हकप्रद बिक्री खोलेको थियो । 

अहिले नागबेलीले कूल ७ लाख ६६ हजार ४ सय ६३ दशमलव १५ कित्ता हकप्रद बेचिरहेको छ। असार २० गतेसम्म नागबेलीको शेयर किनेका शेयरधनीले मात्र हकप्रद भर्न पाउने कम्पनीले जनाएको छ ।

नागबेलीको हकप्रद भर्न यो कम्पनीका शेयरधनीले बिक्री प्रबन्धक एनएबी क्यापिटलको नागपोखरी कार्यालय, एनएमबी बैंकका अधिकांश शाखा र नेपाल धितोपत्र बोर्डबाट अास्वा सेवा सञ्चालन अनुमति लिएका सवै बैंक तथा वित्तीय संस्थामा जानुपर्ने हुन्छ । गुडविल फार्इनान्सको हात्तीसार, कुमारीपाटी र र्इन्द्रचोक शाखाबाट पनि नागबेलीको हकप्रदका लागि शेयरधनीहरूले अावेदन दिन सक्नेछन्

चुक्ता पुँजी ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ रहेको नागबेलीले हकप्रद बिक्रीपछि चुक्ता पुँजीको अाकार १५ करोड ३२ लाख ९२ हजार ६३० रुपैयाँ पु-याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?