प्रधानमन्त्रीको अमेरिका भ्रमण नेपालका लागि सकारात्मक हुनेछ : पुष्पा भुसाल

लोकपथ
133
Shares

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले अन्तर्राष्ट्रिय विदेश नीतिलाई बलियो बनाउन साझा विदेश नीति निर्माण गर्न आवश्यक रहेको बताएकी छिन् ।

शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै सचेतक भुसालले यस्तो बताएकी हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका
हाईलेभल भिजिट भन्ने कुरा नेपालको लागि अत्यन्त सकारात्मक रहेको पनि बताइन्। सचेतक भुसालले प्रधानमन्त्रीको अमेरिका भ्रमण नेपालको विदेश नीतिलाई बलियो बनाउनको निम्ति सकारात्मक भ्रमण हुने बताइन्। उनले भ्रमणमा जानुअघि नेपालको विदेश नीतिमाथि टेकेर, संविधानमाथि टेकेर सकारात्मक ढंगबाट अघि बढ्नुपर्ने बताइन्। उनले प्रधानमन्त्रीको अमेरिका भ्रमण कुनै
सम्झौतासँग सम्बन्धित नरहेको कुरा सदनमा स्पष्ट भइसकेको भन्दै प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे भ्रम फैलाउनु भनेको नेपालको विदेश
नीतिलाई कमजोर गराउनु भएको बताइन् ।

उनले भनिन्, ‘प्रधानमन्त्रीको अमेरिका हाईलेभल भिजिट भन्ने कुरा हाम्रो लागि अत्यन्त सकारात्मक कुरा हो । यदी भिजिट तयार हुन्छ, तय हुन्छ
भनेपनि नेपाल र नेपालको विदेश नीतिलाई बलियो बनाउनको निम्ति सकारात्मक भ्रमण नै मान्नुपर्छ । भ्रमणमा जानुअघि नेपालको विदेश नीतिमाथि टेकेर, संविधानमाथि टेकेर सकारात्मक ढंगबाट भिजिट अघि बढ्नुपर्छ । यसलाई समिति, विभिन्न पार्टीको नेतृत्व गरेको सदनले जवाफ दिनुपर्छ । यो भिजिट भएको सन्दर्भमा प्रधानमन्त्रीले सदनमा आएर जानकारी गराउनुहुनेछ भन्ने विश्वास छ। हामीले भएको सफ्ट पावरलाई प्रयोग गरेर हाम्रो विदेश नीतिलाई बलियो र नेपालको राष्ट्रिय हीतमा प्रयोग गर्नुपर्छ । एसपीपीको बारेमा सरकारले
कुनैपनि सम्झौता गर्दैन । प्रधानमन्त्रीको अमेरिका भ्रमण कुनै सम्झौतासँग सम्बन्धित छैन । बाहिर यसलाई भ्रम फैलाउनुभनेको नेपालको विदेश नीतिलाई कमजोर गराउनु हो । त्यसैले हामीले अन्तर्राष्ट्रिय विदेश नीतिलाई बलियो बनाउन एउटा साझा विदेश नीति बनाउन आवश्यक छ । भिजिट गर्नु हुँदैन भनेर दुई देशबीचको परराष्ट्रनीतिलाई बिगार्ने किसिमबाट संवाद गर्नुहुँदैन ।’

सचेतक भुसालले प्रधानमन्त्री र प्रधान सेनापति लगायतले भ्रमण नै गर्नु हुँदैन भनेर दुई देशबीचको परराष्ट्रनीतिलाई बिगार्ने काम गर्नुनहुने बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?