भारतीय धनी पत्नीको सूचीमा नीता अम्बानी गायब

एजेन्सी: भारतका सर्वाधिक धनी व्यक्तिहरूको पत्नीको एक सूचीमा सर्वाधिक धनीकी पत्नीको नाम छुटाइएको छ ।

भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी हुन् ।

उनकी पत्नी हुन् नीता अम्बानी ।

तर उनकै नाम गायब पारिएको देखिएको छ ।

त्यो सूचीमा किरण नादार, सुधा मूर्ति र संगिता जिन्दलको नाम रहेको तर नीताको नाम नरहेको समाचारमा जनाइएको छ ।

त्यो सूचीमा परेकी धनी पत्नीको नाम केही यस प्रकार रहेका छन् ।

किरण नादार एचसीएल टेकनलजिका संस्थापक शिव नादारकी पत्नी हुन् ।

शिवको सम्पत्ति १२.६ अर्ब अमेरिकी डलर बराबर छ ।

यसैगरी ७.६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्तिका मालिक साजन जिन्दल जेएसडब्लु ग्रुपका मालिक हुन् ।

उनकी पत्नी हुन संगिता जिन्दल ।

इन्फोसिसका संस्थापक द्वय नारायण मूर्ति र क्रिस गोपालकृष्णनका पत्नीहरू क्रमशः सुधा मूर्ति र सुधा गोपालकृष्णननको नाम यो सूचीमा छ ।

मूर्तिको सम्पत्ति १.८२ अर्ब र गोपालकृष्णनको सम्पत्ति २ अर्ब अमेरिकी डलर बराबर रहेको छ ।

डाबर इन्डियाका अध्यक्ष विवेक बर्मनको सम्पत्ति २.४ अर्ब अमेरिकी डलर छ ।

उनकी पत्नी मोनिका बर्मनको नाम पनि यो सूचीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?