प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले गरे कार्यालय निरीक्षण

लोकपथ
143
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न कार्यालयको शुक्रबार निरीक्षण गरेका छन् ।

सो क्रममा उनले कार्य विभाग र अपराध अनुसन्धान विभाग तथा मातहत निर्देशनालय, महाशाखा, सशस्त्र प्रहरी गण नम्बर १, केन्द्रीय प्रहरी विशेष कार्यदल, डिजिटल फरेन्सिक ल्याब, डाटा सेन्टर लगायतका कार्यालयहरूको निरीक्षण गरेका थिए ।

निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रत्येक कार्यालयको गतिविधि एवं दैनिक काम कारबाहीबारे जानकारी लिएका थिए ।

साथै उनले प्रत्येक कार्यालयहरूको काम कारबाहीलाई अझ बढी प्रभावकारी बनाउनका लागि आवश्यक सुझाव समेत दिएका थिए ।

निरीक्षणका क्रममा प्रहरी महानिरीक्षक सिंहलाई सम्बन्धित विभाग, महाशाखा लगायतमा कार्यरत प्रहरी कर्मचारीहरुले आ–आफ्नो कार्यालयको काम एवं गतिविधिबारे जानकारी गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?