काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले संविधान संस्थागत हुनका लागि टेवा पुर्याएको दाबी गरेका छन् ।
शुक्रबार आफ्नो निर्वाचन क्षेत्र रहेको भरतपुरमा ‘भरतपुर महानगरको आगामी कार्यदिशा’ भन्ने अन्तक्रियामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले निर्वाचनले अबको ५ वर्ष कसैले पनि स्थानीय तह भत्काउन नसक्ने भन्दै संविधान संस्थागत हुने विश्वास समेत व्यक्त गरे ।
एक वर्षअघिसम्म देशमा निर्वाचन हुने वा नहुनेमा शंका रहेको अवस्थामा अहिलेको सरकारले निर्वाचन गराएर संविधान र परिवर्तनलाई जोगाएको समेत बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचन कसले कति जित्यो भन्ने कुरा ठूलो नभएको बरु निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु ठूलो कुरा रहेको स्पष्ट पारे । सोही प्रशंगमा बोल्दै निर्वाचनबाट संविधान जोगिएको परिवर्तन संस्थागत भएको भन्दै त्यसबाट आफूलाई जसले जिते पनि आफैँले जितेजस्तो लागेको जिकिर गरे । उनले कांग्रेस, एकीकृत समाजवादी र एमाले जसले जिते पनि आफैँले जितेजस्तो लागेको बताए ।
‘यो स्थानीय तहको निर्वाचनमा भएपछि कसले कति जित्यो त्यो ठूलो कुरा छैन । अहरुको लागि होला मलाई चाहीँ छैन । यो चुनावतिरै देश जान्छ कि जान्न भन्ने भको थियो पोहोर साल । संविधान नै च्यातिने होकी, यो परिवर्तन नै चाँही प्रतिगमनमा ज ाने हो कि भन्ने थियो ।’ प्रचण्डले भने, ‘त्यसलाई करेक्सन गरेर चुनाव सफलतापूर्वक सम्पन्न भएपछि अहिले त नेपाली कांग्रेसले जिते पनि मैले नै जितेजस्तो मैले जित्या जस्तो लाग्छ, एकीकृत समाजवादीले जिते पनि मैले जित्या जस्तो लाग्छ, एमालेले जिते पनि मैले जितेजस्तो लाग्छ । अब मेरो यो बुद्धि बिग्रिया हो की त्यस्तै भको हो आफैँ विचार गर्नु । किनकी संविधान संस्थागत हुने कुरामा दह्रोसँग ५ वर्ष स्थानीय तह बन्यो अब कसैले भत्काउन सक्दैन । कसैले यसलाई प्रतिगमतिर लान सक्दैन । यसर्थमा अहिले पनि समस्या र चुनौती त छन् तर सामना गर्ने दिशातिर हाम्रो गठबन्धन सरकार अगाडि बढको छ ।’
त्यसैगरी गत निर्वाचनमा मात्र नभएर आगामी संघ र प्रदेशको निर्वाचनमा समेत वर्तमान गठबन्धन मिलेर अघि बढ्ने समेत विश्वास व्यक्त गरे । देशलाई नयाँ युगतिर विकासको युगतिर लैजाने काममा गठबन्धन अग्रसर भएको बताउँदै आफूहरु सामूहिकतामा विश्वास गर्ने बताए ।
‘प्रदेश र संघको निर्वाचनसम्म पनि हामी गठबन्धनमै लान्छाैँ र त्यतिमात्र होइन त्यो भन्दा पर शान्ति प्रक्रिया टुंग्याउने, विकासको नयाँ युगतिर लानेतिरमा पनि हामी सामूहिक जान्छौँ ।’ उनले भने ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेतिर लक्षित गर्दै उनले कुनै शक्तिहरु एक्लै हिँड्ने बाटोमा रहेको बताउँदै आफूहरु सामूहिक भएर अघि बढ्ने बताए ।
‘अहिले देशमा एक्दै हिँड्ने प्रवृति र एउटा मिलेर हिँड्ने प्रवृतिको लडाँइ परिराखेको छ । एउटा संविधान मिच्न खोज्ने संविधान मिच्न खोज्ने प्रवृत्ति हाम्रो प्रवृत्ति मिलेर हिँड्ने भएको छ ।’ उनको भनाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया