सबै भन्दा बढी कमाई गर्ने शीर्ष १० अभिनेतामा भारतका दुई परे

एजेन्सी: विश्वभरका क्रियाशील अभिनेताहरूमा यो वर्ष सबै भन्दा बढी कमाइ गर्ने अभिनेताहरूको सूची फोब्र्सले सार्वजनिक गरेको छ ।

त्यो सूची अनुसार २३ करोड ९० लाख अमेरिकी डलरको कमाइ गरी पहिलो स्थानमा जर्ज क्लूनी हुन् ।

दोस्रोमा १२ करोड ४० लाख अमेरिकी डलरको कमाइका साथ डाउने जनसन छन् ।

तेस्रोमा ८ करोड १० लाख अमेरिकी डलरको कमाइका साथ रोबर्ट डाउनी जुनियर छन् ।

चौथोमा क्रिस हेम्सवर्थले ६ करोड ४५लाख कमाइ गरेका छन् भने पाँचौमा ज्याकी चान ४ करोड ५५ लाख कमाइ गरेकाछन् ।

६टौ स्थानमा ४करोड २० लाख कमाइको साथ विल स्मिथ छन् भने ७तौं स्थानमा बलिउडका अक्षयकुमारको वार्षिक आमदानीपरेको छ ।

अक्षयकुमारको आमदानी  ४ करोड ५ लाख अमेरिकी डलर रहेको छ ।

यस्तै ८औं स्थानमा एडम स्यान्डलरको ३ करोड ९५ लाख अमेरिकी डलरको कमाइ छ भने ९औंस्थानमा बलिउडका सलमान खान ३ करोड८५ लाखका स्थान फोब्र्सको सूचीमा छन् ।

१० औंस्थान क्रिस इभान्स छन् । उनको कमाइ ३ करोड ४० लाख छ ।

यी कलाकारहरूको आमदानी जुन २०१७ देखि जुन २०१८सम्मको लेखाका आधारमा शीर्षस्थान तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?