प्रधानन्यायाधीश र अख्तियार प्रमुख छान्न संवैधानिक परिषद्को बैठक अाज बस्दै

काठमाडाैं : सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र अख्तियार दुरूपयोग अनुसन्धान अायोगमा प्रमख अायुक्त सिफारिस गर्न संवैधानिक परिषद्को बैठक अाज (बिहिबार) दिउँसो ४ बजे बस्दैछ । 

प्रधानन्यायाधीशमा परिषदले सिफारिस गरेका दीपकराज जोशीको नाम संसदीय सुनुवार्इ विशेष समितिले अस्वीकार गरेयता परिषद्को बैठक बसेको छैन । सर्वोच्च न्यायालय र भ्रष्ट्राचार नियन्त्रणका लागि प्रमुख नियामक निकायलार्इ नेतृत्वविहिन बनाएकोमा अालोचना बढेपछि परिषदको बैठक अाज बस्न लागेको हो ।

गत हप्ता परिषद्को बैठक अाब्हान गरिएपनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा उपचारका लागि विदेश गएकाले बैठक स्थगित भएको थियो । 

अाज बस्ने बैठकले प्रधानन्यायाधीश बन्न योग्य रहेका भनिएका न्यायाधीशद्वय अोमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणामध्ये एकलार्इ प्रधानन्यायाधीशमा सिफारिस गर्नसक्ने सम्भावना छ ।

गत फागुनदेखि कार्यवाहकको भरमा चलिरहेको अख्तियार दुरूपयोग अनुसन्धान अायोगमा भने प्रतिपक्षी नेपाली कांग्रेसले दाबी गरेको छ । तर, अख्तियारको प्रमुखका लागि कार्यवाहक प्रमुख नवीनकुमार घिमिरे, पूर्व मुख्यसचिव लिलामणी पाैड्याल, वरिष्ठ अधिवक्ता युवरा संग्राैला, पूर्व मूख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलगायतकाले लबिर्इङ गरिरहेका छन् ।

प्रधानमन्त्री अध्यक्षताको संवैधानिक परिषद्मा प्रतिनिधीसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख विपक्षी दलको नेता, कानूनमन्त्री र प्रधानमन्त्रीले तोकेका थप एक मन्त्री सदस्य हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?