आज संवैधानिक परिषदको बैठकः प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने

काठमाडौं । संवैधानिक परिषदको बैठक आज बस्ने भएको छ । 

संसदीय सुनुवाइ समितिबाट प्रस्तावित प्रधानन्यायाधीश अस्वीकृत भएपछि पहिलोपटक परिषद बैठक बोलाइएको हो।  यो भनदा अगाडिको बैठक प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि विदेश गएपछि  स्थगित भएको थियो।

बैठकमा प्रधानन्यायाधीश सिफारिस तथा अख्तियारमा रिक्त प्रमुख आयुक्त सिफारिस लगायतका विषयमा छलफल हुनेछन्। 

सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गरिसकेको छ । परिषदको रोष्टरमा प्रधानन्यायाधीशको विकल्पमा अब दुई नामावली छन्।  यसअघि न्याय परिषदको सिफारिस अनुसार ओमप्रकाश मिश्र वा चोलेन्द्र शमशेर जबराको नाम संवैधानिक परिषदमा विचाराधीन छ।  दुईमध्ये एक नामलाई संवैधानिक परिषदले सिफारिस गर्नेछ। 

यस्तै बैठकले आजै अख्तियारको प्रमुख आयुक्त सिफारिस गर्नेछ । गत फागुनदेखि कार्यवहाकको भरमा आयोग चलिरहेको छ । आयुक्तकालागि हाल कार्यवहाक प्रमुख आयुक्त रहेका नवीनकुमार घिमिरे, पुर्व मुख्यसचिव लिलामणी पौडेल, र बरिष्ठ अधिवक्ता युवराज संग्रौला, पूर्व मुख्यसचिव राजेन्द्र किशोर क्षेत्री प्रतिस्पर्धामा रहेका छन् ।

प्रधानमन्त्रीको अध्यक्षतामा हुने संवैधानिक परिषद्मा सभामखु, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख विपक्षी दलको नेता र कानूनमन्त्री र प्रधानमन्त्रीले तोकेका एक मन्त्री सदस्य हुने प्रावधान छ।

परिषद बैठक बिहीबार साँझ ४ बजेका लागि तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?