बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट

लोकपथ
1.9k
Shares

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आज (शुक्रबार) बाँडफाँट भएको छ । कम्पनीको आईपीओ आज दिउँसो ३ बजे निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा १७ लाख ९१ हजार ८९५ जनाको २ करोड एक लाख ७१ हजार ७३० कित्ता सेयरका लागि आवेदन माग गरेका थिए । कुल आवेदनमध्ये २ हजार ४८४ रद्द गरी १७ लाख ८९ हजार १५७ जना योग्य आवेदकलाई आईपीओ बाँडफाँट गरेको छ ।

गोलाप्रथाबाट गरिएको बाँडफाँटमा १ लाख ३६ हजार ५०० जनाले १०/१० कित्ताका दरले सेयर हात पारेका छन् ।

कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १३ लाख ६५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

आईपीओको नतिजा केही समयपछि सानिमा क्यापिटलको वेवसाइट, मेरो सेयरको वेवसाइट र बिन्ध्यबासिनी हाइड्रोपावरको वेवसाइटबाट हेर्न सकिन्छ । साथै, आफूले आवेदन दिएको ठाउँमा गएर एप्लिकेसन रिपोर्टबाट समेत हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?