साैर्य एअरलार्इन्सले उडान थाल्यो

काठमाडौं : उडान नै गर्न नसकेर बन्द भएको साैर्य एअरलार्इन्सले बुधबारदेखि फेरि उडान शुरू गरेको छ । 

हवार्इ नियामक नेपाल उड्ययन प्राधिकरण (क्यान) ले सुरक्षा अडिट गरि साैर्यलार्इ उडान अनुमति दिएको हो ।

 निरन्तर घाटामा गएर विमान नै उडाउन नसक्ने अवस्थामा पुगेपछि सौर्य एअरलार्इन्स ६५ करोड रूपैयाँमा बिक्री थियो । चीनमा व्यवसाय गरिरहेका श्याम अधिकारीले विभिन्न बैंकमा रहेको ५५ करोड रूपैयाँ ऋण, कर्मचारीलार्इ दिनुपर्ने १० करोड रूपैयाँ र विमानस्थलको बक्यौता चुक्ता गर्नेगरि एअरलार्इन्स खरिद गरेका हुन् ।

तीन बर्षअघि मात्र विभिन्न व्यवसायीहरूको पहलमा सीआरजे(२०० सिरिजको जहाज ल्याएर सौर्य एअरलार्इन्सले सेवा शुरू गरेको थियो । हाल सौर्यसँग २ वटा जेट र्इन्जिन विमान छन् । एउटा विमान भने ग्राउन्डेड भएको छ। 

साउनको पहिलो हप्तादेखि नै साैर्य एअरलार्इन्सले उडान भर्न सकेको थिएन । सञ्चालन नै गर्न नसकेपछि कम्पनी बेच्न एअरलार्इन्सले एमाले निकट व्यवसायी दुमन थापा र विशाल ग्रुपसँग समेत छलफल बढाएको थियो । तर, उनीहरूले खासै चासो नदेखाएपछि व्यवसायी अधिकारीसँग कुरा मिलेको थियो । 

पहिलो जहाज ल्याएको करिब साढे २ बर्षभित्रै सौर्यले नयाँ विमान नेपाल भित्र्याएको थियो । क्यानडाको प्रसिद्द बम्बार्डिएर कम्पनीले निर्माण गरेको सीआरजे(२०० सिरिजको जहाज सौर्यले उडार्इरहेको थियो । यी दुवै जहाज ५० सिट क्षमताको छ ।

 माउन्टेन फ्लार्इट, विराटनगर, भद्रपुर, नेपालगञ्ज र धनगढी गन्तव्य बनाएर उडान भरिरहेको सौर्यले पछिल्लो पटक नियमित उडान नै भर्न नसक्ने र उडान रद्द हुने समस्या भोगिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?